काठमाडौं। सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टीभीएस सोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर सोरुमको उद्घाटन गरेका थिए ।
व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए ।
उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिङ्कको नयाँ सोरुमले टीभीएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु- ह्विलर ब्रान्डका रुपमा स्थापित हुन पुगेको कम्पनीले दावी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्