Skip to content
LAXMI SUNRISE BANK

आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९% आईसिएफसि.फाइनान्स डिबेञ्चर-२०८८’ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । सम्झौतापत्रमा आईसिएफसि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन्। 

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले २१ शाखा, १ एक्सटेन्सन काउन्टरका साथै २१ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK