काठमाडौँ । रङ्गिन फोटोकपी गरेको चेक दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका-१० बस्ने ४८ वर्षीय अनुप कुमार सिंह छन् ।
पक्राउ परेका सिंहले रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ घर भएका २८ वर्षीय अनिल पुन मगरलाई रङ्गिन फोटोकपी गरेर चेक दिएका थिए ।
सिंहले दिएको चेक सुरुमा सक्कली जस्तै देखे पनि पछि रङ्गिन फोटोकपी गरेको भन्ने थाहा पाएपछि ठगिएका पुनले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सिंहलाई पक्राउ गरेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्