Skip to content
LAXMI SUNRISE BANK

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दावी भुक्तानी

अर्थ सरोकार

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । रम्भा गाउँपालिका वडा नं. ०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्समा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको र निजलाई वैदेशिक रोजगारीकै क्रममा मुटु सम्बन्धी समस्या देखिएपछि उपचार गराएको प्रमाण सहित सोको दावी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो ।

घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए।

सन नेपाल लाइफका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताएका छन् । उक्त बीमा गर्दा विभिन्न ७ प्रकारका सुविधाहरु पाइने हुँदा आकस्मिक रुपमा हुने विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा पाइने हुनाले बीमा अत्यन्तै जरुरी रहेको उनले बताए ।

कलष्टर हेड क्षेत्रीले भने, ‘वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत १० लाख बराबरको बीमा सुरक्षा, १० लाख बराबरको स्थायी अशक्तता सुविधा, ५ लाखको घातक रोगहरुमा उपचार, २ लाख बीमितको आयको नोक्सानी वापतको खर्च, १ लाखको किरिया तथा अन्य खर्च, १ लाख शव परिवहन खर्च तथा १ लाख सम्मको औषधोपचार खर्च पाइने हुनाले आफूले पाउने सुविधाहरुको विषयमा राम्रोसँग जानकारी लिई घटना घटेको खण्डमा सन नेपाल लाइफको जुनसुकै कार्यालयमा गई दावी प्रक्रिया शुरु गर्न सकिन्छ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK