Skip to content
LAXMI SUNRISE BANK

टिचिङभित्र अवैध फार्मेसी सञ्चालन, महानगरले ताला लगायो !  

अर्थ सरोकार

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्र मापदण्ड विपरीत फार्मेसी सञ्चालन गरेको पाइएको छ । काठमाडौँ महानगरको स्वास्थ्य विभागले टिचिङ हस्पिटलको कम्पाउण्डभित्र मापदण्ड विपरीत फार्मेसी सञ्चालन गरेको पाइएको हो । 

अनुगमनका क्रममा मापदण्ड विपरीत फार्मेसी सञ्चालन गरेको पाइएपछि महानगरले उक्त फार्मेसीमा ताला लगाएको छ । 

उक्त फार्मेसीले म्याद गुज्रिएका औषधी बेचेको गुनासो आएपछि पानोर्मापञ्जजन्य फार्मेसीमा अनुगमन गरिएको अनुगमनमा संलग्न महानगरका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार उक्त फार्मेसीले फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ । 

महानगरका अनुसार फार्मेसीमा रहेका भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, बिना अनुमति नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचेको तथा म्याद गुज्रिएको औषधि बेच्ने गरेको पाइएको छ । 

हाल ती दुवै फार्मेसीमा महानगरले ताला लगाएको छ । कारबाहीमा परेका दुवै फार्मेसीलाई कानूनबमोजिम कारबाही र जरिवाना तिराएर टिचिङ कम्पाउन्डबाहिर चलाउन दिइने महानगरले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK