काठमाडौँ । सेयर लगानीकर्ता कालिप्रसाद चिमरियाले बैंकिङ सेक्टरमा तत्काल बुल नआउने बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै चिमरियाले अहिलेको अवस्थामा बैङ्किङमा बुल कुनै पनि हालतमा नआउने दाबी गरेका हुन् ।
आर्थिक मन्दीको समयमा बैंकिङ नबढ्ने अन्तराष्ट्रिय ट्रेण्ड भएको भन्दै उनले अन्य सेक्टरमा राम्रो बढोत्तरी देखिए पनि बैङ्किङमा भने बुलको सम्भावना नभएको बताएका छन् ।
त्यस्तै, उनले सेयर बजारमा नाफा कमाउनका लागि सस्तोमा सेयर किनेर महँगोमा बेच्ने भन्ने सिकाइ गलत भएको बताएका छन् ।
बजारमा लगानी गरेर नाफा कमाउनका लागि लगानीकर्ताले महँगोमा सेयर किनेर झन् महँगैमा बेच्नुपर्ने चिमरियाको भनाई छ । उनले अहिले बजार घटेका बेला किन्नुपर्छ भनेर सेयर विश्लेषकहरु नै गलत सिकाइरहेको बताएका छन् । सेयर बजारबारे चिमरियासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः