×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल लाइफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको लागि २ रात ३ दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरूको लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २०० जना बरिष्ठ अभिकर्ताहरूलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशूलको अवलोकन गराइएको थियो ।

साथै, बलथली भ्रमण पश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो । उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरूको वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास सहभागि अभिकर्ताहरूले व्यक्त गरेका थिए ।

त्यस्तै, उनीहरूले नेपालका राष्ट्रिय चर्चित कलाकारसँग साक्षात्कार गर्ने अवसर जुराई दिएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी