काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले बजेट सकारात्मक भए पनि केही कमजोरीहरु देखिएको बताएकी छन् । प्रतिनिधि सभामा बजेट माथिको छलफलमा बोल्दै सांसद डाँगीले बजेटमा बढाइएको आन्तरिक ऋणको आकार चिन्ताजनक रहेको बताएकी छिन् ।
‘बजेट सकारात्मक भए तापनि यसका केही कमजोरीहरु पनि देखिएका छन् । जस्तै आन्तरिक ऋणको आकार जसरी बढाइएको छ, यो चिन्ताजनक छ ।’, सांसद डाँगीले भनिन्, ‘सरकारले धेरै मात्रामा ऋण लिँदा निजी क्षेत्रले लगानी गर्न पाउने रकममा संकुचन आउने र यसले मौद्रिक बजारमा तरलता संकट निम्त्याउने टिप्पणी अर्थशास्त्रीले गर्नुभएको छ ।’
त्यस्तै, सांसद डाँगीले समग्रमा अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट राम्रो आएको उल्लेख गरेकी छिन् । उनले दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्दै विगतमा भएको गल्ती यसपालिको बजेटले सच्चाइएको बताएकी छिन् ।
‘मलाई समग्रमा अघिल्लो वर्षको बजेट भन्दा यो वर्षको बजेट राम्रो लाग्छ । दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाइएको जस्तो देखिन्छ ।’, उनले भनिन्, ‘तर, कच्चा कृषि सामग्रीको आयातमा अग्रिम आय कर लगाएको छ जसले गर्दा कृषि उद्योगीहरु भने मारमा परेको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्