काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ।
नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३३ रुपैयाँ, तराईको सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु (मुडे) ४६ रुपैयाँ र सेतो आलु ४५ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, रातो मुला ४०, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ८०, मटरकोशा १५०, लोकल घ्यु सिमी ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा ११०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला २०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) २०, भिण्डी २०, सखरखण्ड ६०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग २० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ८०, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, कुरिलो २७०, न्युरो ७०, ब्रोकाउली ९०, चुकन्दर ७०, सजीवन १२०, रातो बन्दा ६०, जिरीको साग १००, सेलेरी १४०, पार्सले २५०, सौफको साग १५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ७०, हरियो लसुन ७०, हरियो धनिया ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १७०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २००, अनार ३५० , आँप (मालदह) १००, आँप (दसहरी) १००, आँप (कलकत्ते) १८०, हरियो अंगुर ३००, तरबुजा (हरियो) ३५, पाटे तर्बुजा २५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २०, रुख कटहर ४०, चाइनिज नासपाती २२०, नेपाली मेवा ८०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १५० , किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्