काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रीले जथाभावी ढंगले करका दरहरू हेरफेर गरेका फेला परेको छ । इभी कारहरूमा अव्यवहारिक करको दर हेरफेर गरेका अर्थमन्त्रीले केही साना व्यवसायिक प्रयोजनमा प्रयोग हुने डिजेल र पेट्रोल पिकअप भ्यानहरूको व्यापार गरिरहेको समूहको प्रभावमा परेर इभीलाई निरुत्साहित बनाउने गरी करको दरमा भारी वृद्धि गरेको पाइएको हो ।
साबिकमा इभी पिकअप भ्यान(साना) को भन्सार दर १ प्रतिशत रहेको थियो । साना इभी पिकअप भ्यानहरुले गाउँगाउँबाट कृषिजन्य सामाग्रीको ढुवानीमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कृषि क्षेत्रको विकास र विस्तारका लागि इभी पिकअप भ्यानलाई फोकस गरी ढुवानी खर्च घटाउने नीति लिनुपर्ने ठाउँमा सरकारले उल्टो नीति लिएको पाइएको हो ।
निश्चित व्यापारिक समूहको प्रभावमै परेर अर्थमन्त्रीले साना इभी पिकअपको भन्सार दर १ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको आशंका गरिएको छ । यसरी भन्सार दरमा ९०० प्रतिशतले वृद्धि गरिएको देखिएको छ ।
सरकारको यस्तो कदमबाट थोरै खर्चमा कृषिजन्य मालवस्तु ढुवानी हुने सहज अवस्थामा जटिलता थप्ने काम गरिएको स्वयम् कृषकहरूको गुनासो छ । ‘साना इभी पिकअप खरीद गरेर यसलाई ढुवानीको साधनको रुपमा प्रयोग गरी स्वरोजगार भइएको थियो ।’ काभ्रेका युवा किसान विक्रम थापाले भने ‘तर, केही व्यापारिक घरानाको इसारामा सरकारले स्वरोजगार बन्नेका लागि सहज व्यवस्थालाई थप जटिल बनाउने काम गर्यो । कृषि क्षेत्रको विकासमा प्रत्यक्ष भूमिका खेल्ने यस्ता साना विद्युतीय पिकअप भ्यानमा सहुलियत बनाउनुपर्ने ठाउँमा अर्थमन्त्री उल्टो बाटो हिँड्नुभयो ।’
थापाले सरकारले अध्ययन नै नगरी कुनै व्यापारिक समूहसँग मिलेर इभी पिकअप भ्यानमा ट्याक्स बढाउने काम गरेका दाबी गरे । ‘यो कदम औचित्यहीन छ । अर्थमन्त्रीले यसलाई तत्काल सच्याउनुपर्छ ।’ थापाले भने ‘एकातिर कृषि क्षेत्रमा अनुदान बढाएको कुरा गर्ने, अनि अर्कोतिर तयारी कृषिजन्य वस्तु तथा कृषि प्रयोजनकै लागि मालसामान ढुवानी गर्ने तथा साना स्वरोजगारमुलक व्यवसायमा प्रयोग हुने इभी पिकअपको भन्सार दर ९ गुणाले बढाउनु विरोधाभासपूर्ण काम भयो ।’
हाल नेपालमा साना इभी पिकअप पुग नपुग १०० वटा पनि भित्रिएका छैनन् । यसबाट सरकारलाई आउने राजश्व वा भन्सार बढाउँदा बढ्ने राजश्व नगण्य हुन्छ । तर, यो कदमबाट पर्ने प्रभाव भने दूरगामी हुनसक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्