×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट राज्यको भन्दा पनि माओवादीको जस्तो देखियो’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बजेट राज्यको भन्दा पनि माओवादीको जस्तो देखियो’ 

२३ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शान्ति विकले आगामी आर्थिक वर्षको बजेट पार्टीको जस्तो देखिएको बताएकी छिन् । 

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१ ८२ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद विकले यसपालिको बजेट राज्यको भन्दा पनि माओवादी पार्टीको जस्तो देखिएको बताएका हुन् ।

उनले बजेटमार्फत प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गर्नुले बजेट पार्टी केन्द्रित भएको बताएकी छिन् । 

त्यस्तै, उनले स्व.सीता दाहालको नाममा कलेज स्थापना गर्दा उनले दिएको योगदानका बारेमा पनि प्रश्न उठाएकी छिन् । साथै उक्त कलेज स्थापना गर्ने भनिए पनि कति बजेट खर्च गरिने विषय उल्लेख नहुनुले पनि बजेटमाथि थप शंका उत्पन्न गराएको उल्लेख गरेकी छिन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी