काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले असार १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगहरुको नवीकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनिश्चित कालका लागि बन्द गर्नै चेतावनी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले क्रसर, खानी तथा बालुवा उद्योगहरुको नवीकरण नभए असार १ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने चेतावनी दिएका छन् ।
२०७९ वैशाख ११ गते बसेको मन्त्रीपरिषद् बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने कानूनको मस्यौदा मन्त्रालयले संवत् २०७९ साल फागुन १५ भित्र मन्त्रिपरिषद्मा पेश गर्ने, कानून नबनेसम्म निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवाको उपलब्धता निरन्तर रूपमा गर सम्मानित सर्वोच्च अदालतको आदेश, वातावरणीय संवेदनशीलता, विकास निर्माणको काममा निर्माण सामाग्रीको सहज र नियमित आपूर्ति व्यवस्था लगायतका व्यवहारिक पक्ष र सम्बः सरोकारवालाहरूको सरोकारलाई समेत मध्यनजर गरी मन्त्रालयले मापदण्डको पुनरावलोकन गर्ने, दर्ता नभई सञ्चालनमा रहेका र कुनै आयोजना विशेषका लागि सञ्चालन गरिएका तर उक्त आयोजना सम्पन्न भइसकेपश्चात पनि सञ्चालनरत रहेका क्रसर उद्योगहरू बन्द गर्ने, संलग्न ढुङ्गा गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी (दोस्रो संसोधन मापदण्ड, २०७९ स्वीकृत गर्ने, दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगः हकमा ती उद्योगबाट कानूनबमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने र उल्लेखित विषय तथा सम्बन्धित मापदण्डमा लेखिएका प्रावधानहरू कार्यान्वयनका ल मन्त्रालयले संवद्ध निकायहरूमा परिपत्र गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयहरु हालसम्म कार्यान्वयनमा नआएको भन्दै महासचिव रेग्मीले आफूहरुले सरकारलाई बारम्बार निर्णय कार्यान्वयनका लागि ताकेता गर्दासमेत् कार्यान्वयन हुन नसकेको भन्दै निर्णयहरु कार्यान्वनय नभएसम्म उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका सवारी, मेसिनरी औजार, हेबी इक्विपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने बताएका छन् ।
क्रसर व्यवसायीहरुले लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरुले नेपाल सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको बताउँदै कर दस्तुर लिने व्यवस्था मिलाई उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्