Skip to content
LAXMI SUNRISE BANK

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित) 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार हुँदा मंगलबार डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो । 

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । बुधबार युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको थियो । 

आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ र बिक्री दर १७० रुपैयाँ ७० पैसामा झरेको छ । बुधबार युरो एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसामा कारोबार हुँदा  मंगलबार पाउण्डको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको थियो । 

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK