×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, वित्तीय साक्षरता कार्यक्रम गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, वित्तीय साक्षरता कार्यक्रम गरिने

Artha Sarokar

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग-व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअन्तर्गत युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएस माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्ने भएको छ ।

बैंकले यस कार्यक्रममार्फत १०,००० नयाँ एमएसएमईएसलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्ने छ ।

हाल बैंकका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी