काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १० औँ वार्षिक साधारणसभा जेठ २७ गते कालिमाटी ब्याङ्क्वेट काठमाडौँमा भव्य र सभ्य रूपले सम्पन्न भएको हो ।
सो साधारणसभाबाट नवीन सिलवाल, अविनाश पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । त्यसैगरी सभाले १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९-८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
यस्तै, सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रवर्द्धित मेवा खोला जलविद्युत आयोजना (५० मेवा) आयोजनामा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा मिति २०८० माग २२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु १ अर्ब २३ करोड ५ लाख बमोजिमको सेयर संख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा निष्कासन पश्चात चुक्ता पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरू संशोधन गर्ने तथा सो सम्बन्धी आवश्यक कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, हकप्रद सेयर जारी तथा निष्कासन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा उर्जा उद्यमी एवम् कम्पनीका पूर्व अध्यक्ष नरेन्द्र बल्लभ पन्थको विशेष आथित्य रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्