Skip to content
LAXMI SUNRISE BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित) 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबार डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भएको थियो । 

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको थियो । 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ । सोमबार खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसामा कारोबार भएको थियो । 

यता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK