काठमाडौँ । विदेश पठाउने भन्दै करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर सयौँलाई ठगेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नवीन बिक रहेका छन् । उनीहरुलाई काठमाडौँका उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई मंगलबार सार्वजनिक गर्दै प्रहरीले उनीहरुले विगत ४/५ वर्षदेखि वैदेशिक रोजगारीमा पठाउने भन्दै ३०० सयभन्दा धेरैलाई ठगेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुले प्रति व्यक्ति ५ देखि १० लाख रुपैयाँका दरले ठगी गरेको पाइएको छ ।
उनीहरुले ठगी गरेको रकम १५ करोड भन्दा धेरै रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरुले फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत न्युजिल्याण्ड, कम्बोडिया, फ्रान्स लगायतका देशमा पठाउने भन्दै ठगी गरेको खुलासा भएको छ । यतिसम्मकी नेपालमा जागिर दिने भन्दै उनीहरुले केही एकाउन्टेन्ट राखेर उनीहरुलाईसमेत ठगीमा प्रयोग गरेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्