×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ‘अभिभावकसँग ट्राफिक प्रहरी’, घरघरमै पुगेर सिकाउँदैछन् नियम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनगढीमा ‘अभिभावकसँग ट्राफिक प्रहरी’, घरघरमै पुगेर सिकाउँदैछन् नियम

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धनगढीमा ट्राफिक प्रहरीको सक्रियता बढेको छ । खासगरी अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीको कमाण्ड फेरिएपछि धनगढीको ‘फुलवारी बेल्ट’मा ट्राफिक प्रहरीको सक्रियता बढेको हो । 

यहीबीच धनगढी-१९ बहुलियामा समाजसेवी, महिला तथा ज्येष्ठ नागरिकलाई पनि ट्राफिक नियमबारे प्रशिक्षण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका इन्चार्ज तथा प्रहरी हवल्दार शिद्धराज विष्टले जानकारी दिएका छन् । 

विष्टका अनुसार ‘अभिभावकसँग ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गत बुधबार वडाका अभिभावक, बुद्धिजीवी, महिला तथा ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला गरेर प्रशिक्षण दिइएको हो । उक्त कार्यक्रममा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । 

प्रशिक्षणका क्रममा उनीहरुलाई ट्राफिक नियम, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटना हुने कारण तथा न्यूनिकरणका लागि अपनाउनुपर्ने उपाय र अभिभावकको भूमिकाका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्नेमा अभिभावकहरुलेसमेत विश्वास व्यक्त गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी