काठमाडौँ । गिरीबन्धु टि-स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि-स्टेट राज्यको सम्पत्ति नभएको दाबी गरेका छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीले यस्तो दाबी गरेका हुन् ।
उनले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि-स्टेट राज्यको सम्पत्ति नभएको बताए । सञ्चारकर्मीसँग गिरीबन्धु टि-स्टेट आफ्ना बाबु-बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको गिरीले दाबी गरेका छन् । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गर्दै गिरीबन्धु टि-स्टेटमा राज्यको अधिकार नभएको दोहोर्याएका छन् ।
त्यस्तै, गिरीका अनुसार २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको थियो । हदबन्दी छुटमा ५ सय बिघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० बिघा जग्गा रहेको गिरीले बताएका छन् । सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको गिरीको भनाई रहेको छ ।
साथै एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरेका छन् । उनले दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्