काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार ४ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यस अलवा मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था, ग्रिन लाइफ हाइड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, माउनटेन इनर्जी, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र सानिमा जीआइसी इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो। सयपत्री हाइड्रोपावरमा यस्तो गिरावट आउँदा इस्टर्न हाइड्रोपावर, तेर्हथुम पावर कम्पनी, पोखरा फाइनान्स र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्