×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य महाशाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, तीन दिनका लागि महाशाखा सिल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वास्थ्य महाशाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, तीन दिनका लागि महाशाखा सिल

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टी भएको हो । 
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको छ । मन्त्रालयका सचिव लोकनाथ पौड्यालले भने,‘महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ, अन्य कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँदासम्मका लाग महाशाखा सिल गरेका छौ ।’
सचिव पौड्यालका अनुसार असोज ८, ९ र १० गते तीन दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी