काठमाडौँ । लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएको हो ।
भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्र २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले भट्टराईलाई दोषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ । सँगै अदालतले उनीविरुद्ध ८० लाख रुपैयाँ जरिवाना निर्धारणसमेत गरेको छ ।
पदको दुरुपयोग गर्दै भट्टराईले कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको र उक्त रकम जग्गामा लगानी गरेको पाइएपछि अख्तियारले भट्टराईमाथि अनुसन्धान थालेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्