काठमाडौँ । सरकारी खाता २ खर्ब घाटामा रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म सरकारको सञ्चित कोष १ खर्ब ९४ अर्ब रुपैयाँ घाटामा रहेको देखाएको हो ।
सरकारले गर्ने आम्दानी भन्दा खर्च धेरै भएपछि सञ्चित कोष घाटामा गएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म सरकारले राजस्वबाट ८ खर्ब १५ अर्ब रुपैयाँ संकलन गर्दा २ खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आर्थिक वर्ष २०८० ८१ मा सरकारले कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।
त्यस्तै, सरकारले सोही अवधिमा वैदेशिक ऋणबाट ७२ अर्ब १५ करोड रुपैयाँ उठाएको छ भने अनुदानबापत १५ अर्ब ४० करोड रुपैयाँ प्राप्त गरेको छ । यसरी यो वर्ष सरकारले आन्तरिक र वैदेशिक ऋण गरी कुल ३ खर्ब ७ अर्ब रुपैयाँ उठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्