Skip to content
LAXMI SUNRISE BANK

विश्वमा ९ लाख ८२ हजार बढीको कोरोना संक्रमणबाट मृत्यु, संक्रमितको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । विश्वमा कोरोना संक्रमितको संख्या  तीन करोड २१ लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६२ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
अमेरिकामा संक्रमितको संख्या पनि ७१ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ६ हजारको मृत्यु भएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५७ लाख संक्रमित भएका छन् भने यहाँ ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४६ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK