Skip to content
LAXMI SUNRISE BANK

साधना लघुबित्तमा केक काण्डले बबाल, अर्थ सरोकारको समाचारपछि फोटो हटाउन हाकिमको उर्दी, आन्दोलन जारी !

अर्थ सरोकार

काठमाडौँ । साधना लघुवित्त र सबैको लघुवित्, ‘सबैको साधना लघुवित्तको नाममा मर्जरमा जाने’ अन्तिम सम्झौता भएपनि नेपाल राष्ट्र बैंकले साधना लघुवित्तको नाममा अन्तिम स्वीकृति दिएपछि सुरु भएको विवाद, सोही खुसियालीमा साधनाका सिइओले केक काटेर हर्ष बढाई गरेको भन्दै सबैको लघुवित्तका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर गरेको विरोधमा पुगेको छ । सिइओले सबैको लघुवित्तको नाम हटाउन अनावश्यक राजनीति गरेको, र आफू सफल भएपछि खुसियाली बाँडेपछि त्यसले सबैको लघुवित्तका कर्मचारीहरु ‘डिमोटिभेटेड’ भएको भन्दै सबैको लघुवित्तका कर्मचारीहरू अहिले आन्दोलनमा छन् ।

शुक्रबार कालोपट्टी बाँधेर विरोध गरेका सबैको लघुवित्तका कर्मचारीले आइतबार पनि सो आन्दोलनलाई निरन्तरता दिने, असार ४ गते पेन डाउन गर्ने, र यति गर्दा पनि आफ्ना मागहरु सुनुवाई नभए शाखा कार्यालयहरुसमेत बन्द गर्ने निर्णय गरेका छन् । उनीहरुले सीइओले यस विषयमा माफी माग्नुपर्ने अडानसमेत लिएका छन् ।

यता, केककाण्डले उग्रर रुप लिएको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि साधनाका सीइओको निर्देशनमा लघुवित्तको एचआरले आफ्ना कर्मचारीहरुलाई सो केक काटेको फोटो आफ्नो स्टोरी र फेसबुक स्ट्याटसबाट हटाउन उर्दी नै जारी गरेको छ । अर्थ सरोकारलाई प्राप्त इमेलको स्क्रिनशटमा सिताराम पण्डित नाम गरेका कर्मचारीको इमेलबाट सबै कर्मचारीहरुलाई सो फोटो हटाउन उर्दी दिईएको छ ।

‘आन्दोलन कसरी मेनेज गर्ने सल्लाह हुँदै थियो । अर्थ सरोकारमा समाचार नै आइसकेपछि सो फोटो तुरुन्त सबैलाई हटाउन उर्दी दिने निर्देशन सीईओबाट भयो ।’ साधनाका एक कर्मचारीले भने, ‘अहिले साधनाको निर्देशनअनुरूप सबै कर्मचारीले सो फोटो आफ्नो फेसबुक स्ट्याटसबाट हटाइसकेका छन् ।’

सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले राष्ट्र बैंकबाट साधनाको नाम मात्र राख्नेगरी नाम स्वीकृत भएर आएपछि दु:खी भएका कर्मचारीहरू साधनातिरकाले साधनाको नाम मात्र आउँदा खुसी मनाएपछि सबैको लघुवित्तका कर्मचारी आक्रोशित भएको बताएका छन् भने यता साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले भने आफूहरूले मर्जरमा आफ्नो नाम मात्र स्वीकृत भएर आएका कारण केक नकाटेको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै दुवैतिरका सीइओहरुले आआफ्ना दाबी गरिरहँदा सबैको लघुवित्तका कर्मचारीहरू भने कुनै पनि हालतमा साधनाका सिइओले माफी माग्नुपर्ने अडान राखिरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK