Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा क्यापिटलले चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरूमा धितोपत्र तथा पुँजी बजार सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असोज २३ गते आयोजित उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा धितोपत्र व्यवसायी अन्तर्गत मर्चेन्ट बैंकरका गतिविधिहरु, शेयर लगानीका आधारभूत विषय, लगानीमा हुने जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका अभ्यासहरूबारे जानकारी प्रदान गरिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK