Skip to content
LAXMI SUNRISE BANK

वाइडबडी उडाएर नेपाल एयरलाइन्सले ३० अर्ब कमायो, ऋणबापत ९ अर्ब भुक्तानी, ३५ अर्ब अझै तिर्न बाँकी ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले वाइडबडी जहाज उडाएर ३० अर्ब रुपैयाँ आम्दानी गरेको छ । निगमले २७४ सिट क्षमताको ए३३०-२०० नामक दुईवटा वाइडबडी जहाज उडाएर हालसम्म ३० अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको हो । 

यसरी आम्दानी भएको रकममध्ये निगमले ९ अर्ब ३ करोड रुपैयाँ वाइडबडी जहाज किन्दा लिएको ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ ।

जसमध्ये निगमले ४ अर्ब ५१ करोड रुपैयाँ नागरिक लगानी कोषलाई तिरेको छ भने सोही बराबरको रकम कर्मचारी सञ्चय कोषलाई तिरेको छ । योसँगै निगमले जहाज किन्दा लिएको ऋणमध्ये अझै ३५ अर्ब रुपैयाँ तिर्न बाँकी देखिएको छ । 

निगमले वाइडबडी जहाज उडाएर आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ६५ करोड, २०७६/७७ मा ५ अर्ब ३३ करोड, २०७७/७८ मा ३ अर्ब ३४ करोड, २०७८/७९ मा ४ अर्ब ३८ करोड, २०७९/८० मा ५ अर्ब ५६ करोड र २०८०/८१ को पछिल्लो ८ महिनामा २ लाख ७० हजार १ सय ६ जना यात्रु उडाएर अनुमानित ७ अर्ब रुपैयाँ आम्दानी गरेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK