Skip to content
LAXMI SUNRISE BANK

डिशहोम फाइबरनेटको नयाँ अफर, २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क

अर्थ सरोकार

काठमाडौं। आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत असार ३ गते बिहान ५:१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ ।

सोहि खेलको अवसरमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको हो ।

रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी गज्जबको अफरको फाईदा उठाउन सकिनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो विशेष अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK