Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकका कर्जा ग्राहकहरुलाई ब्याज छुट सुविधा

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि ब्याज छुट सुविधा ल्याएको छ ।

बैंकबाट कर्जा उपभोग गरी बि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख रुपैयाँ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गर्ने भएको हो। 

त्यस्तै, २०७६ साल बैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरेको बैंकले जनाएको छ ।

यो ब्याज छुट योजना २०८१ आषाढ मसान्तसम्म मात्र लागु हुने बैंकको सूचनामा उल्लेख छ । यसमा शर्त तथा बन्देजहरू लागू हुने बैंकले स्पष्ट पारेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK