×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचारविरोधी अभियन्ता नै ‘ठगी धन्दा’मा, धम्क्याएर असुली गरेको पाइएपछि ४ जना पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भ्रष्टाचारविरोधी अभियन्ता नै ‘ठगी धन्दा’मा, धम्क्याएर असुली गरेको पाइएपछि ४ जना पक्राउ 

Artha Sarokar

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले ४ जना भ्रष्टाचारविरोधी अभियन्तालाई पक्राउ गरेको छ । अभियानका नाममा धम्क्याएर रकम असुली गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर-१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर-२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले संस्थाको शाखा वडाहरुमासमेत बिस्तार गरेको भन्दै सरकारी कार्यालय, विद्यालय, कम्पनी तथा संघसंस्थाहरुमा गएर भ्रष्टाचार छानबिन गर्ने भन्दै धम्क्याएर असुली गर्ने गरेका थिए ।

हाल उनीहरुमाथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी