Skip to content
LAXMI SUNRISE BANK

वित्तीय क्षेत्रमा अधिक तरलता थुप्रियो, तरलता व्यवस्थापन गर्न निक्षेप उपकरणमार्फत ३० अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । यति बेला बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँएपछी ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप उपकरणमार्फत ३० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट खिच्न लागेको हो । 
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । जसमा बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । उक्त बोलकबोलमा इच्छुक बैंक तथा वित्तीय संस्थाले असोज ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन दिन सक्नेछन् । 
यसको साँवा तथा ब्याज भुक्तानी कात्तिक ६ गते हुनेछ । बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलब पछिको हकमा ४ अंकसम्म उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK