Skip to content
LAXMI SUNRISE BANK

संसद् भवनभित्र प्रहरी जवान गो*ली लागेको अवस्थामा मृत फेला 

अर्थ सरोकार

काठमाडौँ । संघीय संसद् भवन परिसरमा एक प्रहरी जवान मृत फेला परेका छन् । प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा संसद् भवनभित्रको शौचालयमा मृत फेला परेका हुन् ।

मृत फेला परेका प्रहरी जवान अजित दोलखाका हुन् । उनी संसद् भवनको सुरक्षार्थ खटिएका थिए । 

अचानक संसद्को शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा गोलेको घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ । हाल मृतक गोलेको शव सिभिल अस्पताल पठाइएको छ । 

गोलेले आत्महत्या गरेको हो वा के हो ? भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK