×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ५.३७ अंकले घट्यो नेप्से, ४ अर्ब ३७ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार ५.३७ अंकले घट्यो नेप्से, ४ अर्ब ३७ करोडमाथिको कारोबार

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ्ग खोला जल विद्युत, नेपाल फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी नेपाल, मान्डु हाइड्रोपावर र समृद्धि फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६प्रतिशत भन्दा धेरैले घटेको हो। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा सुनराइज ब्लुचिप फण्ड, कालिका लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी