Skip to content
LAXMI SUNRISE BANK

बुधबार ११.६० अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५ कम्पनीको ८७ लाख २७ हजार १ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ४६ लाख १८ हजार ८ सय ३० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा ६ प्रतिशत भन्दा बढीले घटेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK