Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ८.२४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३३ कम्पनीको ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८ सय ९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK