काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएको छ । बोर्ड अध्यक्षका प्रतिस्पर्धी सन्तोषनाराणय श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अल्पकाली अन्तरिम आदेश दिएको हो।
प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।
उक्त इजलासले सो मुद्दामा विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
बोर्ड अध्यक्षका लागि भिडेर अन्तर्वार्ता तथा प्रस्तुतिकारणमा तीन जना प्रतिस्पर्धी उपस्थित नभएको भन्दै अध्यक्ष छनोट समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।
धितोपत्र बोर्डसम्बन्धी ऐनमा अध्यक्ष निुयुक्तिका लागि कम्तीमा तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था छ । अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये २ जनामात्रै अन्तरवार्तामा सहभागीभएपछि प्रक्रिया रद्द गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्