×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

Artha Sarokar

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८३ लाख ५० हजार १ सय ३५.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो।

हकप्रद शेयर निष्काशनका लागि  इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ। नियुक्ति सम्बन्धि सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआइसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।

हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप-शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।

एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि ‘आइडिया टु आइपीओ’ सेवा संचालन गर्दै आइरहेका छ । उक्त सेवा अन्तर्गत प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्ने सम्मको कार्य गरिदिने तथा हकप्रद सेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी