Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि ३६ करोड रुपैयाँ छुट्याएको छ भने विकास बैंकहरुका लागि ६ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।

यता (ग) वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि पनि राष्ट्र बैंकले २ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।

योसँगै मुद्दती निक्षेप लिन चाहने संस्थाले असार २० गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK