काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि ३६ करोड रुपैयाँ छुट्याएको छ भने विकास बैंकहरुका लागि ६ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।
यता (ग) वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि पनि राष्ट्र बैंकले २ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।
योसँगै मुद्दती निक्षेप लिन चाहने संस्थाले असार २० गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्