काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार मञ्जुश्री फाइनान्सको भएको छ। यस कम्पनीको २३ करोड १ लाख ७७ हजार ७ सय ७४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो।
यसैगरी आज चिरख्वा हाइड्रोपावरले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्