×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता, सामुदायिक विद्यालयहरूलाई बैंकिङ सेवा उपलब्ध गराइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता, सामुदायिक विद्यालयहरूलाई बैंकिङ सेवा उपलब्ध गराइने

२० असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने भएको छ। 

साथै, सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नेछन्। 

त्यसैगरी, नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पनि पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी