काठमाडौं। कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिरलाई फर्निचर सामाग्री हस्तान्तरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुनस्थित श्री राधाकृष्ण मन्दिरलाई एक लाख रुपैयाँ बराबरको दराज, कुर्ची, टेबललगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको हो ।
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरि घिमिरेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक डा. बाबुकाजी थापा रहेका थिए ।
प्रमुख अतिथि डा.थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतीक रुपमा स्थापित गर्ने र मन्दिर परिसरमा उपस्थित हुने बृद्ध आमा बुबा लगायत भक्तजनहरूलाई साहयता पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष नरहरि घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि सहयोग अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय धुर्ब पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दीपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरू लगायत श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्