×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिष्णु पौडेल अर्थमन्त्री बन्दै, सोमबार शपथ ग्रहण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिष्णु पौडेल अर्थमन्त्री बन्दै, सोमबार शपथ ग्रहण

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमाले र काँग्रेसको नयाँ सत्ता समीकरणमा एमालेका तर्फबाट बिष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएको छ । नयाँ सरकारमा एमाले र काँग्रेसबाट एक एकजना उपप्रधानमन्त्री रहने भन्ने प्रारम्भीक सहमति अनुसार पौडेल उपप्रधानसहित अर्थमन्त्री हुने निश्चितप्राय देखिएको हो ।

एमाले काँग्रेसको नयाँ सरकारमा गृहमन्त्रीमा काँग्रेसले दाबी गरिरहेको चर्चा चलिरहेको बेला अर्थ एमालेको भागमा पर्ने निश्चित देखिएको राजनीतिक विश्लेषकहरुको दाबी छ ।

यता पूर्वप्रधानमन्त्री प्रचण्ड पदमुक्त भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरिसकेका छन् । सोही अनुसार ओली आइतबार नै प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । तर, शपथ ग्रहण भने सोमबार (भोली) हुनेछ । शपथ ग्रहणको समय सोमबार बिहान ११ बजेका लागि तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीका रुपमा ओलीको सपथ ग्रहण लगत्तै सोमबार नै अन्य केही मन्त्रीहरुको पनि सथप ग्रहण गराउने तयारी गरिएको छ । जसमध्ये एमालेका तर्फबाट बिष्णु पौडेल र काँग्रेसका तर्फबाट रमेश लेखकले मन्त्रीको सपथ ग्रहण गर्ने तयारी रहेको स्रोतको दाबी छ । अन्य मन्त्रीहरुको विषयमा भने शीर्ष नेताबीच छलफल चलिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी