×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौथो पटक केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चौथो पटक केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त 

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्रीमा नियुक्त भएको ओलीको सपथ ग्रहण भने सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै काँग्रेस, जसपा, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही अनुसार ओलीलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

एमाले काँग्रेसको नयाँ सत्ता समीकरणमा कसलाई के मन्त्री बनाउने भन्ने विषयमा भने शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी