×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकर कम्पनीले अब आफ्नै टीएमएस प्रयोग गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्रोकर कम्पनीले अब आफ्नै टीएमएस प्रयोग गर्ने !

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ब्रोकर कम्पनीहरुले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गर्ने भएका छन् । हाल सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को टीएमएस प्रयोग गर्दै आएका ब्रोकर कम्पनीहरुले साउन महिनाभित्रै आफ्नै टीएमएस प्रयोगमा ल्याउने भएका हुन् ।

आफ्नै टीएमएस प्रयोगमा ल्याउनका लागि ब्रोकर कम्पनीहरुले आवश्यक तयारी गरिरहेका छन् । ब्रोकर कम्पनीहरुका अनुसार हाल सेक्योर्ड सेक्युरिटिजले टीएमएस परीक्षण कार्य गरिरहेको छ ।

आफ्नो टीएमएस प्रयोग गर्ने तयारीमा रहेका ३३ ब्रोकर कम्पनीले डिजीहब कम्पनीमार्फत नयाँ टीएमएस खरिद गर्ने तयारी गरेको एक ब्रोकर सञ्चालकले बताएका छन् । आफ्नै टीएमएस प्रयोगमा आएसँगै हाल नेप्सेलाई तिर्दै आएको टीएमएसको शुल्क पनि घट्ने र आवश्यकताअनुसार आफैँले टीएमएस विकास गर्न पनि सकिने ती ब्रोकर सञ्चालकको भनाई छ ।

हाल ब्रोकर कम्पनीहरुले टीएमएस प्रयोग गरेबापत नेप्सेलाई शुल्कबापत मासिक २५ हजार रुपैयाँ तिर्दै आएका छन् । तर, आफ्नै टीएमएस सञ्चालनमा आएपछि यस्तो शुल्क मासिक करिब १५ हजार पर्नेछ ।

डिजीहबले नेपालका ब्रोकर कम्पनीहरुलाई श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस पूर्ण रुपमा तयार गरेपछि हस्तान्तरण गर्नेछ । यो टीएमएस प्रयोगमा आएसँगै सेयर लगानीकर्ताहरुले मोबाइल एपबाटै सहज रुपमा सेयर किनबेच गर्न सकिने बताइएको छ । जहाँ ग्राहकले कारोबारका लागि मात्रै टीएमएस चलाउँदा कुनै शुल्क तिर्न नपर्ने टीएमएस परीक्षण गरिरहेको सेक्योर्ड सेक्युरिटिजले जनाएको छ । नयाँ टीएमएसमा चार्ट तथा डाटासहितको सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी