Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा १२ अर्बमाथिको कारोबार, सूचक ५४.०४ अंकले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार सिंगटी हाइड्रोको भएको छ । यस कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सय ३७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK