×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकलाई पनि शीघ्र सुधारात्मक कारबाही 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकलाई पनि शीघ्र सुधारात्मक कारबाही 

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभागले ऐन विपरीत कार्य गरेको भन्दै नारायणी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई २०८०/१०/२१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिइएको छ ।’, राष्ट्र बैंकले गरेको कारबाही विवरणमा उल्लेख छ । 

योसँगै राष्ट्र बैंकले बिहीबार एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभपमेन्ट बैंक र कर्णाली विकास बैंकलाई पनि कारबाही गरेको छ । 

विकास बैंक बाहेक राष्ट्र बैंकले बेष्ट फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनीलाई पनि राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी