Skip to content
LAXMI SUNRISE BANK

युवराज खतिवडाले ‘हेर्नुपर्छ’ भनेपछि रोकियो मौद्रिक नीति ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा तयारी नपुगेको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक नगर्ने भएको हो । 

तर, राष्ट्र बैंक स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहका डा.युवराज खतिवडालाई ब्रिफिङ गर्नुपरेपछि शुक्रबार मौद्रिक नीति सार्वजनिक नहुने भएको हो । 

नयाँ सरकार गठनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । त्यसलगत्तै मौद्रिक नीतिका बारेमा खतिवडासमक्ष पनि ब्रिफिङ गर्नुपर्ने भएपछि शुक्रबारका लागि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका स्थगित गरिएको स्रोतले बताएको छ ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै मौद्रिक नीतिको अन्तिम तयारीबारे जानकारी गराएका थिए । त्यसलगत्तै राष्ट्र बैंकले शुक्रबार सञ्चालक समितिको बैठक बसेर साँझ नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK