×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ट्रेडरका दिन आएका छन्, ट्रेडरकै रुपमा सोचेर ‘ट्रेड’ गर्नु राम्रो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘ट्रेडरका दिन आएका छन्, ट्रेडरकै रुपमा सोचेर ‘ट्रेड’ गर्नु राम्रो’

६ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सेयर बजारले यति बेला बढोत्तरीको लय समातेको छ । बिष्णु पौडेल अर्थमन्त्री भएको भोलिपल्ट देखि बढ्न थालेको बजार अविराम, अविरल बढोत्तरीकै यात्रामा छ । जताततै बुल बजारको चर्चा चुलिएको छ । बढोत्तरीपछिका उचाइका अपेक्षा र सम्भावनाका बीच बिन्दु भविष्यवाणीको प्रतिष्पर्धा नै चलिरहेको छ । आखिर बजारलय कता जाँदैछ ? के सेयर बजारमा बुलको सुरुवात भएको हो ? अबको बजार यात्रा कहाँसम्म पुग्ला ? लगायतका विषयमा अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठले सेयर बजार विश्लेषक रामहरि नेपालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:

१. सेयर बजारमा बुलको सुरुवात भएको हो ? 
नेप्सेमा बुलको सुरुवात त धेरै अगाडिदेखि नै भएको हो । खासमा ‘एग्रेसिभ सेलिङ प्रेसर’ थामिनेबित्तिकै बुलको सुरुवात हुन्छ । अहिलेको बढोत्तरी त्यसैको नतिजा हो । तर, यसरी बजार बढ्नुको कारण भने राजनीतिक परिवर्तन र सेयर बजारको सम्बन्ध सकारात्मक हुनु हो । राजनीतिक परिवर्तनपछि सेयर बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने पात्र आउनुले नै अहिले बजारमा खरिद प्रेसर बढाएको देखिन्छ । नीतिगत तहमा झट्ट हेर्दा हिजो जे थियो, आज पनि त्यही नीति छ । तर, अहिले सेयर बजारमा देखिएको पोजेटिभ साइकलले बजारलाई चलायमान बनाएको हो । अर्थात, बजार बढेपछि लगानीकर्तालाई सेयर किन्न मन लाग्ने र किनेपछि फेरी बजार बढ्ने साइकल अहिले सेयर बजारमा देखिएको छ, जुन बजारका लागि पोजेटिभ हो ।

२. अहिलेको बढोत्तरी कुन उचाइसम्म पुग्ने सम्भावना देखिन्छ ? 
यसपटक सेक्टर र स्टकका आधारमा फरक हुनेवाला छ । किनकी बजारको गिरावट थामिनका लागि केही सेक्टरमा ‘बुल’ आइसकेको थियो, जसको उदाहरणका लागि होटललाई लिँदा पनि हुन्छ । अर्कोतर्फ बजारलाई साइडवेजमा ल्याउन पनि केही सेक्टरमा ‘सेमी बुल’ आइसकेको थियो । तर, अहिले भने बजारलाई ‘लार्ज क्याप’ कम्पनीले मद्दत गरेको देखिन्छ । हाइड्रो केही सेलाएको छ, तर कमर्सियल बैंकको पोजेटिभ सेन्टिमेन्टले बजार थामेको छ । यो बढोत्तरी अझै केही समय रहने देखिन्छ तर बजार एकोहोरो चाहिँ बढ्दैन । 

३. एकोहोरो बढ्दैन भन्नुको अर्थ अहिलेको बजार घट्न पनि सक्छ भन्ने हो ?
बजार हो, एकोहोरो त बढ्दैन । तर, विगतमा २२०० को बिन्दुलाई ‘रेसिस्टेन्स’ भनिन्थ्यो भने, अहिले २२०० को बिन्दु ‘सपोर्ट’ हुनसक्छ । अर्कोतर्फ निकट भविष्यमा बजारमा ठूलै करेक्सन पनि देखिन सक्छ । जसलाई सेयर लगानीकर्ताले स्वभाविक, अपेक्षित र आवश्यकताका रुपमा लिनुपर्छ । 

४. लगानीकर्ताले ‘बुल’ सुरु भयो भनेर लगानी गर्ने कि के गर्ने ? 
सेयर बजारमा बढेको बेलामा किन्नुपर्छ र घटेको बेलामा बेच्नुपर्छ भन्नु नै गलत हो । इन्भेष्टरका लागि पहिला अवसर थियो । अबचाहिँ बजारमा देखिएको करेक्सनलाई नै अवसर मान्नुपर्ने अवस्था छ । तर, अहिले इन्भेष्टरमैत्रीबाट सेयर बजार ट्रेडरमैत्री बनेको छ । ट्रेडरका दिन आएका छन् । जसजसले सेयर किन्ने तरखर गर्दै हुनुहुन्छ, ट्रेडरको एंगलबाट किन्नुपर्यो । 

५. बैंकबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्नु कत्तिको ठिक हुन्छ ? 
म चाहिँ सेयर बजारमा आक्रामक रुपमा कर्जा लिएर लगानी गर्नु हुँदैन भन्छु । तर, यदि तपाईंले एकल अंकको ब्याजमा कर्जा पाइरहनुभएको छ, कम्तीमा पनि ६ महिना वा १ वर्ष सेयर नबेची कर्जाको ब्याज तिर्ने क्षमता छ र कर्जाले तपाईंको परिवारको गास, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता खर्चमा असर गर्दैन भने कर्जा लिएर सेयर बजारमा लगानी गर्ने बेलाचाहिँ यही हो । 

६. यो बढोत्तरी कुन बिन्दुसम्म पुग्ला ? 
पहिला पनि बजारको बढोत्तरी २५०० को बिन्दुमा पुग्छ भन्ने सम्भावना देखिएको हो । सम्भवतः सोमबारको बजारले त्यो सम्भावनालाई पनि पछ्याउला । अब यो ‘बुल’ परिपक्व हुनका लागि एउटा राम्रो करेक्सन पनि आउन सक्छ । अब बजारमा आउने पहिलो ‘करेक्सन’को गरिहाइ हेरेर मात्रै बजार कहाँसम्म पुग्ला भनेर भन्न सकिन्छ । 

७. प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर सेयर बजारप्रति सकारात्मक हुनु र राम्रो मौद्रिक नीति आउँछ भन्ने अपेक्षाले पनि बजारलाई बल पुगेको हो ? 

पक्कै हो । सेयर बजारमा देखिएको पछिल्लो बढोत्तरीको मुख्य कारण नै यही हो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी