×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारबारे पूर्वअर्थमन्त्रीः ‘दुई ठूला राजनीतिक दल मिल्दा उत्साह देखियो, कर्जामा लगाइएको सीमा बिचार गर्नुपर्छ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारबारे पूर्वअर्थमन्त्रीः ‘दुई ठूला राजनीतिक दल मिल्दा उत्साह देखियो, कर्जामा लगाइएको सीमा बिचार गर्नुपर्छ’ 

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दुई ठूला राजनीतिक दलहरु (एमाले-काँगेस) मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

उनले मुख्य दुई राजनीतिक दल मिलेर बनेको सरकारप्रति जनताको अपेक्षा ठूलो रहेको उल्लेख गरेका छन् । सेयर बजारसँगै अब समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने महतको भनाई छ । 

उनले हाल बजारमा माग भन्दा सप्लाइ बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । मौद्रिक नीतिमा ‘रिफर्म’ गर्नसक्ने ठाउँहरुमा ‘रिफर्म’ गरेर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वअर्थमन्त्री महतले सेयर बजार, घरजग्गा कारोबार लगायतका क्षेत्रमा कर्जा प्रवाहको लागि सिमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । हाल बैंकको ब्याजदरमा सहजता आएकोले सेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरुलाई खुकुलो गर्नुपर्ने महतको भनाई छ । उनले कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनर्विचार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी