काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख ४५ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १७९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २५ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २४ हजार ८ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५३४.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।